काठमाडौं । नेपाल लाइफ इन्सोरेन्स कम्पनीले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अमित कुमार कयाललाई दिएको छ ।
साउन ४ गते देखि साउन २८ गतेसम्मका लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पद रिक्त रहने भएकाले सो अवधिका लागि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कयाललाई दिएको हो ।
कम्पनीले बीमा ऐन २०७९ तथा अन्य प्रचलित कानून बमोजिम कम्पनीको दैनिक प्रशासकीय एंव अन्य आवश्यक व्यवस्थापकीय कार्यहरु गर्न कम्पनीले सचालक समितिको ४१८ औँ बैठकबाट अमित कुमार कयाललाइ जिम्मेवारी दिएको जनाएको छ ।