काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको एमबीएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएको घटनामा ‘सुलभ सर’ भनिने व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।उनीहरुमाथि थप अनुसन्धान जारी छ।
८ साउनमा भएको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र ‘एमबीएस फस्र्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा पठाइएको खुलेको छ। घटनापछि शिक्षामन्त्री सस्मित पोखरेलले शनिबार राती नै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग छलफल गरी दोषीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।
यसैबीच त्रिविले घटनाको छानबिन गर्न प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।