काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दिनेशबहादुर अमात्यलाई नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृत रहेका अमात्यलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
साउन ११ गतेदेखि लागू हुने गरी अमात्यलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको कम्पनीले जनाएको छ।