काठमाडौं । हिमालयन लघुवित्तले फिल्ड सहायक अर्थात क्रेडिट सहायक पदका लागि ३३ जना कर्मचारी माग गरेको छ ।
लघुवित्तले एसईई पास गरेकाले समेत आवेदन दिन मिल्ने गरी ३३ जनाका लागि आवेदन खुलाएको हो ।
संस्थाले साउन ९ गते प्रकाशित गरेको सूचनाअनुसार उक्त पदका लागि प्रवीणता प्रमाणपत्र तह (एसईई) उत्तीर्ण गरेको हुनुपर्नेछ ।
साथै मोटरसाइकल वा स्कुटर चलाउन सक्ने, ग्रामीण क्षेत्रमा खटिएर काम गर्न इच्छुक तथा वैध सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भएका उम्मेदवारलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।
इच्छुक नेपाली नागरिकले आवश्यक कागजात शैक्षिक योग्यताको प्रमाणपत्र तथा (मार्कसिट) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइज फोटो रसवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रतिलिपि लगायतका कागजाग सहित तोकिएको समयभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
