काठमाडौं । नेपालको गाडी बजारमा फ्रान्सेली अटोमोबाइल ब्रान्ड सिट्रोनले स्टाइलिस, आरामदायी र अत्याधुनिक इन्धन तथा विद्युतीय (ईभी) गाडीहरूमार्फत छुट्टै पहिचान बनाएको छ ।
विश्वविख्यात स्टेलान्टिस ग्रुप अन्तर्गत रहेको सिट्रोनले आफ्ना गाडीहरूको युनिक युरोपेली डिजाइन र सिट्रोन एड्भान्स कम्फर्ट सस्पेन्सन प्रविधिको रूपमा पहिचान बनाएको छ ।
नेपालमा सिट्रोन गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक साङ्ग्रिला मोटर्स प्रा लि हो । काठमाडौँको थापाथली, नक्साल लगायत देशका प्रमुख सहरहरूमा शोरुम, आधुनिक सर्भिस सेन्टर र स्पेयर पार्ट्सको सञ्जाल विस्तार गरी साङ्ग्रिला मोटर्सले सेवा प्रदान गरिरहेको छ ।
नेपालमा सिट्रोनका सिट्रोन सी३, सिट्रोन ई सी३ र सी५ एयरक्रस जस्ता मोडलहरू उपलब्ध रहेका छन् ।
सिट्रोन सी३
सिट्रोन सी३ सहरी र पहाडी बाटोका लागि उपयुक्त, स्टाइलिस क्रसओभर–ह्याचब्याक गाडी हो ।
स्टाइल, स्प्लिट हेडल्याम्प डिजाइन र उच्च ग्राउन्ड क्लियरेन्स भएको यो गाडी बजेट सेग्मेन्टमा निकै रुचाइएको छ ।
१.२ लिटर पेट्रोल इन्जिन रहेको सी३ ले ८२ पीएस पावर र ११५ एनएम टर्क प्रदान गर्छ । यसमा १०.२ इन्चको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो छ । १८० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ जुन नेपाली बाटो अनुकूल हो ।
साथै डुअल एयरब्याग, एबीएस, रईबीडी, रियर पार्किङ सेन्सर र डिजिटल डिस्प्ले जस्ता फिचरहरू रहेका छन् । नेपालमा यसको मूल्य २९ लाख ९९ हजारबाट सुरु हुन्छ ।
सिट्रोन ई सी३
ई सी३ सिट्रोन सी३ कै लोकप्रिय डिजाइनमा आधारित विद्युतीय अवतार हो ।
यो मोडल दैनिक सहरी यात्रा र छोटो पारिवारिक भ्रमणका लागि किफायती र आरामदायी इलेक्ट्रिक क्रसओभरका रूपमा परिचित बनेको छ ।
यसले २९.२ किलोवाट आवर ब्याट्री प्याक र ५७ पीएस पावर (१४३ एनएम टर्क) उत्पादन गर्छ । एक पटक फुल चार्ज गर्दा करिब ३१५ किमीसम्मको यात्रा ढुक्कसँग गर्न सकिन्छ ।
५७ मिनेटमै १० प्रतिशतदेखि ८० प्रतिशतसम्म फास्ट चार्जिङको सुविधा पनि यसमा रहेको छ । त्यसैगरी १०.२ इन्च इन्फोटेनमेन्ट, उच्च सिटिङ पोजिसन र आरामदायी सस्पेन्सन जस्ता विशेषताहरू रहेका छन् ।
नेपालमा यसको मूल्य भेरियन्ट अनुसार ३४ लाख ९९ हजारदेखि ३९ लाख ५० हजारसम्म पर्छ ।
सिट्रोन सी५ एयरक्रस
लक्जरी र अल्ट्रा कम्फर्ट खोज्नेहरूका लागि सिट्रोनको फ्ल्यागसिप प्रिमियम एसयूभी सिट्रोन सी५ एयरक्रस उत्कृष्ट रोजाइ बन्न सक्छ ।
यसमा प्रयोग भएको विशेष प्रोग्रेसिभ हाइड्रोलिक कुसन सस्पेन्सनका कारण यो गाडी ‘फ्लाइङ कार्पेट राइड’ अनुभव दिने एसयूभीका रूपमा परिचित छ ।
यसमा भएको २.० लिटर टर्बो डिजेल इन्जिनले १७७ पीएस पावर र ४०० एनएम टर्क प्रदान गर्छ ।
साथै सिट्रोन सी५ एयरक्रसमा ८ स्पीड अटोमेटिक गेयरबक्स र मल्टिपल ड्राइभ मोडहरू, १२.३ इन्च डिजिटल ड्राइभर क्लस्टर, ८ इन्च टचस्क्रिन, प्यानोरामिक सनरुफ, ६ वटा एयरब्याग, एड्भान्स ड्राइभर असिस्ट (एडीएएस) सेफ्टी र इन्डिभिजुअल पछाडिका ३ सिटहरू तपाईंले पाउनुहुनेछ । यसको मूल्य १ करोड ३५ लाखसम्म पर्छ ।
सिट्रोनको सस्पेन्सन र सिटको बनावटले कच्ची र खाल्डाखुल्डी बाटोमा पनि कम्पन कम महसुस गराउँछ । यो यसको सबल पक्ष हो ।
नेपाली बाटो सुहाउँदो उच्च ग्राउन्ड क्लियरेन्स, ३० लाखमै युरोपेली ब्रान्डको गाडी पाइनु र ३५ लाखमै युरोपेली प्रविधिको इभी उपलब्ध हुनु यसको अर्को सबल पक्ष हो । त्यसैले त सिट्रोनका गाडीहरू नेपालीको रोजाइमा पर्दै आएका छन् ।