काठमाडौं । नेपाली बजारमा आज आइतबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा पनि ४५ रुपैयाँको गिरावट आएको छ ।
महासंघले आज आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ निर्धारण गरेको छ । यो मूल्य अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा १ हजार ८०० रुपैयाँले कम हो । शुक्रबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ४ हजार ३१५ रुपैयाँ तोकिएको छ । यो शुक्रबारको तुलनामा चाँदीको मूल्य तोलामा ४५ रुपैयाँको गिरावट हो । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।