काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला रु। ३१०० र चाँदीको मूल्य प्रतितोला रु। ४० घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला रु ३ लाख ४ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतिोला रु। चार हजार ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य गत माघ १५ गते हालसम्मकै उच्च तीन लाख ३९ हजार तीन सय रुपियाँ पुगेको थियो भने सो दिन चाँदीको मूल्य पनि हालसम्मकै उच्च ७ हजार पाँच सय पाँच रुपियाँ कायम भएको थियो ।