काठमाडौं । जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई आज बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।
श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको स्रोतले जानकारी गरायो छ ।
उनी विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको स्रोतको दाबी छ ।