काठमाडौं । भारतीय ब्याट्री रिसाइकल कम्पनी रिब्याटका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सीईओ करण खुरानाले नेपाली अटो व्यवसायीलाई नै विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर भन्नु व्यवहारिक हुन नसक्ने बताएका छन् ।
शुक्रबार नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ९नाइमा०ले आयोजना गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ संवादमा उनले व्यवसायीको व्यावसायिक दायित्वभित्र नपर्ने हुनाले यो व्यावहारिक हुन नसक्ने बताएका हुुन् ।
‘नेपालमा हाल ब्याट्री रिसाइक्लिङको कुनै छुट्टै उद्योग छैन । अधिकांश रिसाइक्लिङका कामहरू अन्यत्रै हुने गर्छन्। यदि अटोमोबाइल आयातकर्ताहरूलाई नै ब्याट्री रिसाइक्लिङको जिम्मा लिन भनियो भने त्यो उनीहरूको मुख्य व्यावसायिक दायित्वभित्र नपर्ने हुनाले यो व्यावहारिक नहुन सक्छ,’ उनले भने ।
नेपालमा विद्युतीय सवारीसाधनको बजारले एउटा निश्चित आकार लिइसकेको अवस्थामा पुराना ब्याट्रीहरूको व्यवस्थापन र रिसाइक्लिङको विषय निकै संवेदनशील बन्दै गएको उनले बताए ।
नेपालको भौगोलिक बनावट र खुला सिमानाका कारण अन्य देशहरूको तुलनामा यहाँ ब्याट्री रिसाइक्लिङ र ट्र्याकिङमा केही फरक चुनौतीहरू रहेको बताए ।
उनले भारतसँगको खुला सिमानाका कारण नेपालबाट लेड९एसिड लगायतका ब्याट्रीहरू अनधिकृत रूपमा भारततर्फ जाने गरेकाले ठूलो समस्या रहेको उनको भनाइ छ । उनले नेपालमा ब्याट्री बेच्ने व्यक्तिले अनिवार्य रूपमा भ्याट बिल दिनुपर्ने व्यवस्था रहेकाले बिलको झन्झटबाट बच्न लुकाइछिर्पा सिमाना कटाउने गरेको उनले बताए ।
उनले काठमाडौंमा ब्याट्री रिसाइक्लिङको इकोसिस्टम बनाउन केही सहज भए पनि दुर्गम तथा हिमाली क्षेत्रहरूमा यो निकै जटिल रहेको उनले बताए । त्यसैले, राजमार्गहरूमा सरकारले आधिकारिक संकलन केन्द्हरु नतोक्नुपर्ने उनको भनाइ छ ।
उनले सरकारले कुनै पनि रिसाइक्लिङ प्रक्रियालाई बाध्यकारी बनाउनु भन्दा पनि स्पष्ट नियम र निर्देशिका बनाउनु पर्ने उनले बताए ।
उनले ब्ल्याक मास लिथियम आयन ब्याट्रीहरूको हकमा ब्याट्री खोलेर त्यसका विभिन्न कम्पोनेन्टहरू ९प्लास्टिक, एल्युमिनियम, कपर आदि० छुट्याउनुपर्ने बताए । ‘नेपालमा हाल ब्ल्याक मासु रिसाइक्लिङ गर्ने प्रविधि उपलब्ध नभए पनि यसलाई प्रशोधन गरी भारत वा अन्यत्र निर्यात गर्न सकिन्छ, जसबाट मूल्य अभिवृद्धि सम्भव हुन्छ,’ उनले भने ।