काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरण अनुसार अवधिमा कम्पनीले ६ करोड ६७ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ६ करोड ८५ लाख खुद घाटामा थियो।
यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी २९ करोड ३१ लाखबाट बढेर ३४ करोड ७१ लाख पुगेको छ । कम्पनीको संचालन नाफा २४ करोड ७९ लाखबाट बढेर २९ करोड ५८ लाख पुगेको छ।
कम्पनीको चुक्ता पुंजी १ अर्ब १० करोड रहेको छ। कम्पनीको रिजर्भ भने १८ करोड २६ लाखले ऋणात्मक रहेको छ ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ ०७ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ८३.३९ रुपैयाँ रहेको छ।