काठमाडौं । टोयोटा नेपालले आगामी नाइमा एक्स्पो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक छुट र विशेष अनुभवसहितको योजना सार्वजनिक गरेको छ।
एक्स्पोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकले ३ लाख रुपैयाँदेखि २१ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन्।
काठमाडौंको भृकुटीमण्डपमा साउन २६ देखि ३१ गतेसम्म आयोजना हुने नाइमा एक्स्पो टोयोटाका लागि यस वर्ष थप विशेष बन्ने भएको छ।
कम्पनीले एक्स्पोको अवसर पारेर नेपाली बजारमा दुई नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ।
टोयोटाले एक्स्पो अवधिमा गरिने बुकिङमा मात्र उक्त विशेष छुट उपलब्ध हुने जनाएको छ।
अर्थात्, एक्स्पोमा पुगेर टोयोटाको गाडी बुक गर्ने ग्राहकले खरिदमा प्रत्यक्ष बचतको अवसर पाउनेछन्।