काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा लन्च गरिएको नयाँ टाटा पन्च इभिको नेपालमा उत्शाहजनक बुकिङ्गसंगै नेपालभरी डेलिभरी सुरु भएको छ।
नयाँ टाटा पन्च इभि हालै नेपालभरिको सबै शोरुमबाट एकै साथ लन्च गरिएको थियो। बुकिङ्गसंगै अब डेलिभरी पनि सुरु भएको छ।
नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। तर, नाइमा नेपाल मोबिलिटी एस्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूले यसलाई विशेष अफर अन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्।
साथै एक्स्पोमा नयाँ पन्च इभि गाडी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको छ।
अत्याधुनिक ‘एक्टि.इभि’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ पध्ज र ४० किलोवाट घण्टाक्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छन्, जसले नेपालको बाटोमा गरिएको परीक्षण अनुसार एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छन्।
यस मोडलमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, बीएनसीएपी५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ डिग्री सेल्सियस डिसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस समावेश गरिएको छ।