काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपाल विद्युत प्राधिकरणको नाफा घटेको छ।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले करबाहेक नाफा पाँच अर्ब ४ करोड रूपैयाँमा खुम्चिएको बताए।
श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८१/८२मा प्राधिकरणले आर्जन गरेको खुद नाफाको तुलनामा यो ५८.६० प्रतिशत कम हो।
आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको करअघि १२ अर्ब १७ करोड रूपैयाँ नाफा थियो।
उक्त वर्ष ८ अर्ब ९१ करोड खुद नाफा आर्जन गरेको थियो।
एक वर्षमा झन्डै चार अर्ब रूपैयाँ नाफा घटेको छ।
पछिल्ला वर्षहरूमा प्राधिकरणको नाफामा निरन्तर घट्दै गएको देखिएको छ। २०८०/०८१ मा प्राधिकरण १३ अर्ब ३० करोड रूपैयाँ नाफा कमाएको थियो।
प्राधिकरणको अतिरिक्त दायित्व बढेको र विदेशी विनिमयदरमा आएको उतारचढाव लगायत कारण नाफा खुम्चिएको प्राधिकरणको भनाइ छ।
त्यस्तै, घरायसी प्रयोजनका लागि गार्हस्थ सेवाग्राहीलाई २० युनिटसम्म नि:शुल्क बिजुली दिँदा, ह्रासकट्टी लगायत विविध कारण नाफामा गिरावट आएको प्राधिकरणले जनाएको हो।