काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ७ सय ७० रुपैयाँ थियो । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा १५ रुपैयाँको गिरावट आएको हो ।