काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार २.०१ अंक घटेर २६४१.८२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.५८ अंक बढेर २६४४.४१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९६ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ६० स्टकको ९९ पटकको कारोबारमा १ करोड ३४ लाख ७९ हजार ३६७ रुपैयाँबराबरको २२ हजार ५७६ कित्ता शेयर खरिदबिक्री भएको छ।
जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने २५ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।