काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पदमा कल्याणविक्रम पाँडे नियुक्त भएका छन् । उनले साउन २९ देखि डी–सीईओको भूमिका निर्वाह गर्नेछन् ।
बैंकिङ क्षेत्रमा करिब २५ वर्ष भन्दा बढिको अनुभव संगालेका पाँडेले यसअघि ग्लोबल आइएमई बैंक, साविकको जनता बैंक, लक्ष्मी बैंक तथा कुमारीलगायतका बैंकमा काम गरिसकेका छन् ।
बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा एबीए प्रथम श्रेणी साथै अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ विथ अनर्समा बी–टेक उपाधि हासिल गरेका उनीसँग योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार, एसएमई तथा रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसन, जोखिम व्यवस्थापन तथा अनुपालनलगायत ट्रेड फाइनान्स तथा ट्रान्जेक्सन बैंकिङ क्षेत्रको अनुभव रहेको बैंकले जनाएको छ ।
त्यसैगरी, मर्जर, एक्विजिसन तथा एकीकरण, वित्तीय विश्लेषण तथा उत्पादन विकास, दिगो तथा हरित बैंकिङ लगायतका क्षेत्रमा समेत पाँडेले महत्वपूर्ण अनुभव हासिल गरेको जनाइएको छ ।
नेतृत्व क्षमता तथा नतिजामुखी कार्यशैलीका लागि परिचित पाँडेको नियुक्तिले संस्थाले लामो बैंकिङ अनुभव, तथा वित्तीय विशेषज्ञताबाट बैंकको व्यवसाय विस्तार, सेवा प्रवाहमा सुधार र रणनीतिक लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुग्ने माछापुच्छ्रेको विश्वास छ ।