काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ०.३५ अंकले बढेर २६२२.८४ विन्दुमा पुगेको हो।
यो सेसनमा ८० वटा स्टक्सको ४५ हजार ७७९ कित्ता सेयर १ करोड ७० लाख ३७ हजार १५७ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये २४ वटा स्टक्सको मूल्य बढ्दा ४४ वटाको घट्यो। बाँकी १२ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।