काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ ।
यो समयमा नेप्से परिसूचक ०.५८ अंकले घटेर २६४१.२७ विन्दुमा अडिएको हो।
प्रि ओपन सेसनमा ६३ वटा स्क्रिप्सको ५२ हजार १८२ कित्ता सेयर ३ करोड ६४ लाख ६२ हजार ३७३ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये १९ वटा स्टक्सको मूल्य बढ्दा ३४ वटाको घट्यो। बाँकी ६ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।