काठमाडौं । जनकपुरमा गुठीको अतिक्रमित जग्गामा डोजर चलेको छ ।
अतिक्रमित जग्गा खाली गराउनका लागि पहिलो चरणमा अतिक्रमित पोखरीको डिलमा डोजर चलाइएको हो ।
जनकपुरधाम उपमहानगरपालिका ६ स्थित गिरनारी पोखरीको अतिक्रमित डिल खाली गराउने काम अघि बढाइएको छ ।
आजै जनकपुरको सात वटा पोखरीको अतिक्रमण हटाइने गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलले बताए ।
उनका अनुसार गत साउन १ गते नै अतिक्रमित ठाउँ खाली गर्न सूचना जारी गरिएको थियो ।

पहिलो चरणमा अतिक्रमित मध्ये पहिचान गरिएका ५० वटा पोखरीलाई अतिक्रमणमुक्त गराइने समितिले जनाएको छ ।
अतिक्रमण हटाउन २०६२ सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन गरिएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनको आधार लिइएको छ ।