काठमाडौं। पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशमा एक-एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १३३ जना घाइते भएका छन् ।
जस अनुसार मधेश प्रदेशमा ३१ जना घाइते भएका छन् भने कोशीमा ३१ जना, बागमतीमा ५ जना, लुम्बिनीमा १५ जना, सुदूरपश्चिममा २१ जना र कर्णालीमा २ जना घाइते भएका छन् ।