काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १०.६७ अंक घटेर २६१८.७२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१० अंक घटेर २६१८.६१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२० अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ७९ स्टकको १४६ पटकको कारोबारमा २५ लाख ३ हजार ३४४ रुपैयाँ ६० पैसाबराबरको ८ हजार ३९८ कित्ता शेयर खरिदबिक्री भएको छ।
जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने ४० स्टकको मूल्य घटेको छ। बाँकी २३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।