काठमाडौं । कपिल रिजाल निर्देशित फिल्म ’गौंथली’ले घरेलु बक्स अफिसमा २५ करोड रूपैयाँभन्दा बढीको व्यापार गरेको छ।
चलचित्र विकास बोर्डका अनुसार आइतबार रातिसम्म फिल्मले २५ करोड ५ लाख ६५ हजार ७७२ रूपैयाँ ग्रस कमाएको हो। उक्त अवधिसम्म फिल्मका ९ लाख ९ हजार ४२६ टिकट बिक्री भएका छन्।
’गौंथली’ यसअघि नै नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्म बनिसकेको छ। सिम्रन खड्का र अरूण क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म महिलाको संघर्ष र संवेदनाको कथामा आधारित छ।
फिल्मका निर्माता सुमन गिरी र कपिल रिजाल हुन्। फिल्मले विदेशमा समेत राम्रो कमाइ गरिरहेको निर्माण पक्षले जनाएको छ।