काठमाडौं । टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शो २०२६ मा बहुप्रतिक्षित टाटा सिएरा ईभी सार्वजनिक गरेको छ।
टाटा सिएरा ईभीमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवर क्षमताका दुई ब्याट्री प्याकको विकल्प उपलब्ध छ। कम्पनीका अनुसार यी ब्याट्रीले फुल चार्जमा क्रमश: ५३५ किलोमिटर र ६६५ किलोमिटरसम्म रेन्ज प्रदान गर्छन्।
फास्ट चार्जिङमार्फत १५ मिनेटमै २६३ किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ। साथै, ब्याट्रीमा लाइफटाइम वारेन्टी उपलब्ध गराइएको छ।
सिएरा ईभीको बाहिरी डिजाइन आकर्षक बनाइएको छ। यसमा अगाडि र पछाडि एलईडी हेडलाइट तथा टेललाइट, कनेक्टिङ एलईडी बार र १९ इन्चका अलोय ह्विल छन्।
इन्टेरियरतर्फ लेदरेट अपहोल्स्ट्री, भेन्टिलेटेड सिट, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, थाई सपोर्ट एक्सटेन्डर, सनरुफ, कनेक्टेड फिचर, हाइपर हेड्स–अप डिस्प्ले र वायरलेस मोबाइल चार्जरलगायत सुविधा दिइएको छ। म्युजिकका लागि १२ स्पिकरयुक्त जेबीएल साउन्ड सिस्टम र डल्बी एटमस प्रविधि उपलब्ध छ।

सुरक्षातर्फ सिएरा ईभीमा ६ वटा एयरब्याग, ५४० डिग्री भ्यु क्यामेरा, अटोमेटिक पार्किङ असिस्ट, समन मोड, लेभल–२ एडीएएस तथा अन्य अत्याधुनिक सुरक्षा प्रविधि समावेश छन्। यसमा बुस्ट मोड र रिल्याक्स मोडसहित ६ वटा ड्राइभिङ मोड उपलब्ध छन्।
फोर ह्विल ड्राइभ भेरियन्टले ५०४ न्युटन–मिटर टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ। उक्त एसयूभीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.८ सेकेन्डमै हासिल गर्न सक्छ।
सिएरा ईभीमा फ्रिक्वेन्सीमा आधारित ड्याम्पिङ सिस्टमसहितको अल्ट्रा ग्लाइड सस्पेन्सन प्रयोग गरिएको छ। यसमा ६२२ लिटर क्षमताको पछाडिको बुट स्पेस र ५० लिटरभन्दा बढी क्षमताको फ्रन्ट स्टोरेज पनि उपलब्ध छ।
टाटा सिएरा ईभीको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन। नाडा अटो शोमा यसअघि सार्वजनिक भइसकेका टाटा पन्च ईभी, टियागो ईभी र नेक्सन ईभी पनि प्रदर्शनीमा राखिएका छन्।