काठमाडौं । रसुवाको बुधबार बिहान आएको भीषण बाढीमा परेर घाइते भएका ७ जनालाई नेपाली सेनाले उद्धार गरेको छ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव आङ दोर्जे शेर्पाका अनुसार केही बेरअघि टिमेुरबाट ७ जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँ पठाइएको हो।
बुधबार बिहान ९ बजेतिर तिब्बत क्षेत्रबाट लेन्दे खोलामा एक्कासि आएको भीषण बाढीले दुईवटा बजार बगाएको छ। बाढीमा धेरै मानिस बेपत्ता छन्। खोजी र उद्धार जारी छ।