काठमाडौं । गोरखाबाट गोसाइँकुण्ड तीर्थयात्रामा गएका ३८ जना सम्पर्कविहीन भएका छन्।
रसुवा बाढीपछि उनीहरू सम्पर्कविहीन भएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनाएका छन्। स्थानीय बासिन्दाले गुनासोका आधारमा आफूले उनीहरूको विषयमा सम्बन्धित निकायलाई जानकारी गराएको उनले बताए।
डा. भट्टराईका अनुसार, गोरखाको पालुङटार नगरपालिका–५ का ३८ जना गोसाइँकुण्ड तीर्थयात्रामा गएका थिए। उनीहरू ग २ ख ११५२ नम्बरको बसमा रहेका थिए।
उनीहरू रसुवाको उत्तरगंगा गाउँपलिकाबाट सम्पर्कविहीन बनेको डा. भट्टराईले जनाएका छन्। सबै सम्पर्कविहीन तीर्थयात्रीको खोजी र उद्धारका लागि उनले आग्रह गरेका छन्।