काठमाडौँ । रसुवा भीषण बाढीबाट ६ वटा प्रसारणलाइन अवरुद्ध भएको छ ।
नेपाल विद्युत प्राधिकरणकाअनुसार त्रिशुलीको २२० केभी सवस्टेशन पूर्णरुपमा क्षति भएको छ भने अन्य प्रसारण लाइनमा क्षति हुँदा विद्युत प्रवाह अवरुद्ध बनेको हो ।
प्राधिकरणकाअनुसार त्रिशुली स्थित २२० के.भी. ३ बि हब सवस्टेशनव पूर्णरुपमा क्षति पुगेको छ ।
चिलिमे २२० के.भी हव टावर अवरुद्ध भएका कारण बन्द भएको छ । समुद्रटार – त्रिशुली १३२ के.भी. प्रसारण लाइन अवरुद्ध भएको छ । चिलिमे – त्रिशुली ६६ के.भी. प्रसारण लाइन अवरुद्ध छ ।
चिलिमे हव – त्रिशुली ३ बि हब – मातातिर्थ २२० के.भी. प्रसारण लाइन अवरुद्ध छ । त्रिशुली-बालाजु ६६ के.भी. प्रसारण लाइन अवरुद्ध छ ।

अन्य केही प्रसारण लाइनको टावरमा समस्या रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले वैकल्पिक उपायबाट सञ्चालन हुन सक्ने स्थानबाट आंशिक क्षेत्रमा विद्युत प्रणाली सञ्चालनको प्रयास भैरहेको जनाएको छ । यसै क्रममा सिन्धुपाल्चोकतर्फ समुद्रटार क्षेत्रमा प्रणाली चालु भै चौघोडा सवस्टेशन सञ्चालनको प्रयास जारी गरिएको छ ।
गुजुरीदेख गल्छीसम्मका क्षेत्रहरुमा धादिङ्गबेसी सवस्टेशनमार्फत विद्युत आपूर्ति सुचारु गर्ने प्रयास भैरहेको प्राधिकरणले जनाएको छ ।