काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा घाइतेको उद्धार र उपचारका लागि प्रधानमन्त्री विपद् राहत कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गर्ने जनाएको हो ।
एशियन लाइफले विपद्को यस दुःखद् घडीमा शोकमा रहेका सम्पूर्ण परिवारजनप्रति हार्दिक संवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रमा रहेका आफ्ना कर्मचारी तथा बीमितहरूको सकुशल अवस्थाको कामना गरेको छ ।