काठमाडौं । भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई लिएर अवलोकनकर्ताहरु आकर्षित भएका छन् ।
आधुनिक फिचर र लक्जरी मोडल सस्तो मूल्यमा लन्च भएको भन्दै अवलोकनकर्ताहरुले यस ईभीबारे ‘इन्क्वायरी’ बढाएका छन् ।
बुटवलबाट अटो शो हेर्न काठमाडौँ आएका एक अवलोकनकर्ताले ५० लाख भन्दा कम मूल्यमा नै यो ईभी लन्च भएको सुनेर आफू अचम्मित भएको बताए ।
‘मैले यो गाडी किन्न खोजेको लामो समय भयो, तर मूल्य पनि महँगो थियो, आँट आइरहेको थिएन’ उनले सुनाए, ‘बुटवलमा पनि मैले बुझेँ ।
अहिले अटो शो हेर्न आउँदा त ५० लाखभन्दा कम मूल्यमै लन्च भएको रहेछ, म चकित परेँ ।’
अवलोकनकर्ता मलिना राजभण्डारीले पनि स्काईवेल बीई ११ को ५२० किलोमिटर रेन्ज दिने भेरियन्ट नै ६० लाखभन्दा कम मूल्यमा लन्च भएको थाहा पाएपछि आफू स्टलमै आएको बताइन् ।


उनले आफूले चढिरहेको आइस गाडी फेरेर अब नयाँ ईभी चढ्ने सोच बनाएको र चाँडै नै यसबारे निर्णय गर्ने सुनाइन् । ‘धेरै गाडी हेरियो, स्काईवेलको फिचर पनि निकै राम्रो छ, मूल्य पनि निकै किफायती लाग्यो’ उनले भनिन्, ‘मैले अहिले नै कुन गाडी किन्ने भनेर निर्णत त गरेको छैन, तर अप्सनमा यो पनि छ ।’
यो चिनियाँ विद्युतीय सवारी ब्राण्ड नाडा अटो शो २०२६ को पहिलो दिन मंगलबार एलआरआर मोटर्सले नेपालमा सार्वजनिक गरेको हो । एलआरआरले अहिले स्काईवेलका बीई ११ मोडल नेपाल ल्याएको छ ।
कम्पनीले ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४९ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५५ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५६ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ६४ लाख ९९ हजार तोकेको छ ।
नाडा अटो शो अवधिभरीका लागि कम्पनीले विशेष अफर पनि ल्याएको छ । जसअन्तर्गत नाडा अटो शो अवधिभरको लागि ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४६ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५३ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५४ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ५९ लाख ९९ हजार तोकिएको छ ।
कम्पनीका अनुसार ७१।९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याकमा आएको बीई११ ले एक पटकको पूर्ण चार्जमा ५२० किलोमिटर रेन्ज दिनेछ । साथै, ५१।९१ किलोवाटको एलएफपी ब्याट्री अप्सनमा आएको बीई११ ले एक पटकको चार्जमा ४१० किलोमिटर रेन्ज दिनेछ ।
यो ईभी डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३५ मिनेटमै ७० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जनाएको छ । यी दूबै भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर छ ।
पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेडेट सिट, प्रशस्त स्पेश र आधुनिक बडी डिजाइनले यो ईभीलाई लक्जरी बनाएको छ । साथै, यो ईभीमा १९७ एमएमको भव्य ग्राउण्ड क्लियरेन्स छ । उत्कृष्ट ग्राउण्ड क्लियरेन्सका कारण यो ईभी नेपालको जस्तोसुकै बाटोमा पनि सहजै हिड्न सक्ने दाबी कम्पनीको छ ।