काठमाडौं । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ९ बजे बस्दैछ । आजको बैठकमा रसुवा बाढीपहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव बारे छलफल हुने समितिले जानकारी दिएको छ ।
त्यसैगरी आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक अपराहन्न सवा १२ बजेदेखि शुरु हुदैछ । आजको बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि दफावार छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।