काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन सञ्चालक रोहित गुप्ता धरौटी रकम बुझाएर छुटेका छन् ।
दीपक भट्ट जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको आदेश बदर गर्दै सर्वोच्च अदालतले उनलाई २ करोड धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
रि–इन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ भट्टको नाममा सेयर किन्न प्रयोग भएको देखिएपछि तत्कालीन सञ्चालकहरू विरुद्ध पनि विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको थियो । विशेष अदालतले उनलाई पुर्पक्षको लागी थुनामा पठाएपछि उनी सर्वोच्च गएका थिए ।
साउन २८ मा भएको विशेषको आदेश बदर गर्दै सर्वोच्चका न्यायाधीशद्ववय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलले भदौ १७ मा उनलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । धरौटीबापतको बैंक जमानत बुझाएर गुप्ता डिल्लीबजार कारागारबाट छुटेका हुन् ।