काठमाडौं । अपर त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका चिनियाँ नागरिकलाई चिनियाँ राजदूतावासको टोलीले भेटेको छ ।
शनिबार काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा ल्याइए लगत्तै उद्धार गरिएका नागरिकलाई चिनियाँ दूतावासको टोलीले भेटको हो ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले चिनियाँ टोलीले उद्धार गरिएका नागरिकलाई भेटेका जानकारी दिए । साथै,उद्धार गरिएका चिनियाँ नागरिकको स्वास्थ्य अवस्था स्थिर रहेको प्रवक्ता बस्नेतले जानकारी दिए ।