काठमाडौं । धुलिखेल अस्पतालले बाढीका कारण प्रत्यक्ष प्रभावित परिवारका सदस्यहरूलाई अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरू एक वर्षसम्म नि:शुल्क रूपमा उपलब्ध गराउने निर्णय गरेको छ।
प्रभावित परिवारहरूको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा लाग्ने आर्थिक भार न्यूनीकरण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको अस्पतालले जनाएको छ।
साथै अस्पतालले आफ्नो क्षमताअनुसार बाढी प्रभावित समुदायहरूमा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूमा सहकार्य र सहयोग गर्ने तयारी गरिरहेको विज्ञप्तिमार्फत् जानकारी दिएको छ।