काठमाडौं । आईआईएफटी (आईआईएफटी स्कूल अफ फेसन एन्ड इन्टेरियर डिजाइन) की छात्रा आइस्ता जोशीले ‘फेस अफ द नेपाल–२०२६’ को प्रतिष्ठित उपाधि जितेकी छन्।
एमएस प्रोडक्सनद्वारा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जोशीले उपाधि हात पारेकी हुन्। प्रतियोगितामा सुमन श्रेष्ठ, अनिशा श्रेष्ठ र जीओन तामाङले पनि शीर्ष उपाधि जितेका छन्।
उपाधिसँगै आइस्ता जोशी, सुमन श्रेष्ठ, अनिशा श्रेष्ठ र जीओन तामाङले दक्षिण कोरियामा आयोजना हुने एशिया मोडल फेस्टिभलमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरेका छन्।

जोशीको यो सफलता नेपाली फेसन तथा मोडलिङ क्षेत्रसँगै आईआईएफटीका लागि पनि गौरवको विषय बनेको छ। प्रतियोगिताको फिनाले राउन्डमा आईआईएफटीमा अध्ययनरत फेसन डिजाइनका विद्यार्थीहरूले तयार पारेका टक्सिडो तथा पेजेन्ट्री गाउनमा प्रतियोगीहरू प्रतिस्पर्धामा उत्रिएका थिए।

यसले आईआईएफटीका विद्यार्थी डिजाइनरहरूको सिर्जनात्मकता, सीप र व्यावसायिक क्षमतासमेत प्रस्तुत गरेको थियो।

प्रतियोगिताका लागि पोशाक तयार गर्ने आईआईएफटीका विद्यार्थी डिजाइनरहरूमा अस्मिता सार्की, सीमा गोतामे, शोनु लिम्बू, करिश्मा बुच्चा मगर, बिमला कुटु, आकृति योगल श्रेष्ठ, मीना सारु, सरिता कुमारी चौधरी, आस्था थापा मगर, सरिता थापा, स्मृति खवास, शानु शर्मा, ईशा चौधरी, रेजिना श्रेष्ठ, प्रमिला श्रेष्ठ, राधिका महर्जन, शोभा थापा मगर, प्रेशा थापा र मनु रोकाया रहेका छन्।
आईआईएफटीले ‘फेस अफ द नेपाल–२०२६’ की विजेता आइस्ता जोशीसहित सुमन श्रेष्ठ, अनिशा श्रेष्ठ र जीओन तामाङ तथा प्रतियोगितामा सिर्जनात्मक योगदान दिने सम्पूर्ण डिजाइनर विद्यार्थीहरूको प्रतिभा र मेहनतको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेको छ।