काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको प्रसारण अधिकार हिमालय टेलिभिजनले पाएको छ ।
हिमालयले १४ करोड ६४ लाख रुपैयाँमा नेपालभरिको प्रसारण अधिकार प्राप्त गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
प्रतियोगिता आउँदो कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुनेछ । प्रतियोगिताको साबिक विजेता लुम्बिनी लायन्स हो ।
पहिलो संस्करण भने जनकपुर बोल्ट्सले जितेको थियो । क्यानले तेस्रो संस्करण अझ सफल, व्यवस्थित र प्रभावकारी बनाउन प्रतिबद्ध रहेको जनाएको छ ।
प्रतियोगितामा आठ टिम सहभागी हुनेछन् ।