काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर सहितका पदाधिकारी तथा कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूका लागि १ करोड ३८ लाख ८९ हजार ४२५ रुपैयाँ सहयोग गरेका छन् ।
केन्द्रिय बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीहरु (करार सेवामा कार्यरत) समेतको तर्फबाट संकलित उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिएको जनाएको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले जनधनको ठूलो क्षति पुर्याएको थियो । सो विपद्बबाट प्रभावित भएका व्यक्ति तथा परिवारहरूको राहत र पुन:स्थापनाका लागि राष्ट्र बैंकको गभर्नर, डेपुटी गभर्नर र कर्मचारीहरुको तर्फबाट उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो ।