काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीले रसुवालगायत देशका विभिन्न भागमा ठूलो जनधनको क्षति पुर्याएको छ ।
विपत्तिपछिका दिनहरूमा क्षतिको वास्तविक स्वरूप अझ स्पष्ट हुँदै गएको छ । लगभग सबैथोक गुमाएका परिवारहरूसम्म सहयोग पुर्याउनुपर्ने आवश्यकता पनि बढ्दै गएको छ ।
यही आवश्यकतालाई मध्यनजर गर्दै यामाहा नेपाल परिवार साथै यामाहा २–ह्वीलर डिभिजन, देशभरका यामाहा डिलरहरू तथा यामाहा राइडरहरू राहत तथा सहयोग अभियानमा एकजुट भएका छन् ।
यामाहा डिभिजन र देशभरका यामाहा डिलरहरूले संयुक्त रूपमा सोलिडारिटी फन्डबाट १५ लाख योगदान गरेका छन् । त्यस्तै, यामाहा डीभिशनको जेनजी टिमले आफ्नै व्यक्तिगत बचतबाट १५ हजार सहयोग गरेको छ ।
यस्ता कठिन समयमा आफ्नो राष्ट्र र समुदायका लागि साथ दिनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा भएको कम्पनीले जनाएको छ । सम्पूर्ण यामाहा नेपाल परिवारले पनि यही जिम्मेवारीलाई आत्मसात् गर्दै आफूले सक्ने माध्यमबाट सहयोग गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

पुनस्र्थापना र पुनर्निर्माणको यात्रा जारी रहँदा, यामाहा नेपालले प्रभावित समुदायहरूसँग आफूले सक्ने हरेक तरिकाले र आवश्यक समयसम्म साथमा रहने प्रतिबद्धता जनाएको छ ।