प्रतिनिधिसभा बैठक सुरु भएकाे छ । बैठकमा विभिन्न विधेयक तथा प्रतिवेदनहरू प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ ।
बैठकमा अर्थमन्त्री स्वर्णीम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फछ्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । उनले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावसमेत प्रस्तुत गर्नेछन् ।
त्यस्तै कानुनमन्त्री साेविता गाैतमले एशियाली विधायिकी ‘संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने लगायत सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय सभाका पूर्व सदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पेश गर्नेछन्।