काठमाडौं । देवयानी इन्टरनेसनल नेपाल प्रालिले रसुवा बाढीबाट पीडित परिवारको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख सहयोग गरेको छ ।
कम्पनीले रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित परिवारहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि उक्त सहयोग गरिएको बताएको छ ।
देवयानी इन्टरनेशनल नेपालले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रममार्फत नेपाली समुदायलाई सहयोग गर्दै आएको छ ।
देवयानी इन्टरनेशनल नेपाल प्रालि केएफसी नेपालको फ्रान्चाइजी तथा सञ्चालक हो ।