काठमाडौं । कर्णाली शिवराज जारी नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा पुगेको छ ।
शुक्रबार सम्पन्न प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई ३-१ को सेटमा पराजित गर्दै कर्णाली फाइनलमा पुगेको हो ।
कर्णालीले काठमाडौँ रेड्सलाई २५-२१, २०-२५, २५-२३ र २५-२२ को सेटमा पराजित गरेको हो । यो हारसँगै काठमाडौँ रेड्स प्रतियोगिताबाट बाहिरिएको छ ।
अब फाइनल खेल कर्णाली र अन्नपूर्ण स्पाइकर्स किंगबीच शनिबार दिउसो ४ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा हुने तालिका छन् ।
केडिया समूहद्वारा आयोजित लिगमा ६ टोलीको सहभागिता रहेको थियो । नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो ।
