काठमाडौं । गत आर्थिक वर्षमा सात खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गाको कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कारोबारमा बढोत्तरी भएको छ ।
राष्ट्र बैंकका अनुसार आव २०८१/८२ मा तीन खर्ब ८६ अर्ब १५ करोड अर्ब बराबरको घरजग्गा कारोबार भएको थियो ।
आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबारको संख्या आव २०८१/८२ को तुलनामा चार दशमलव ७४ प्रतिशतले बढेको छ ।
२०८१/८२ मा भने अघिल्लो आवको तुलनामा घरजग्गाको कारोबार संख्या दशमलव ८४ प्रतिशतले घटेको थियो । रासस
