काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँ बढेर ३ लाख ३ हजार १०० रुपैयाँ पुगेको छ ।
बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५० रुपैयाँ बढेको छ ।
आज चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य ४ हजार ६२५ रुपैयाँ प्रतितोला थियो ।