काठमाडौं । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदको पहिलो दिनको प्रतिस्पर्धा सकिँदा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले ११ स्वर्ण, ६ रजत र ३ कांस्य गरी २० पदक जितेको छ ।
आयोजक जापान ६ स्वर्ण, ६ रजत र ७ कांस्य गरी १९ पदकसहित दोस्रो स्थानमा छ भने दक्षिण कोरिया ४ स्वर्ण, ३ रजत र ७ कांस्य गरी १४ पदकसहित तेस्रो स्थानमा छ ।
कजाकिस्तानले ३ स्वर्ण र २ कांस्य गरी ५ पदक जितेको छ भने थाइल्यान्डले ३ स्वर्णसहित ३ पदक जितेको छ । म्यानमारले १ स्वर्ण, १ रजत र १ कांस्य गरी ३ पदक जितेको छ । मकाउ चीनले १ स्वर्ण र १ रजत, कुवेतले १ स्वर्ण र १ कांस्य तथा चिनियाँ ताइपेईले २ रजत र १ कांस्य जितेका छन्। हङकङ चीन र भारतले समान २ रजत पदक जितेका छन् ।
इन्डोनेसियाले १ रजत र ३ कांस्य गरी ४ पदक जित्दा इराकले १ रजत र २ कांस्य गरी ३ पदक जितेको छ। सिङ्गापुरले १ रजत र १ कांस्य जितेको छ। कतार र उज्बेकिस्तानले समान १ रजत पदक जितेका छन् । मलेसिया र भियतनामले समान २ कांस्य पदक जितेका छन्। कम्बोडिया, ब्रुनाइ, साउदी अरेबिया, लेबनान, मंगोलिया, फिलिपिन्स र ताजिकिस्तानले समान १ कांस्य पदक जितेका छन् ।
पहिलो दिन नेपालले कराँतेका खेलमा पदकका लागि खेलेपनि पदक जित्न भने असफल भएको छ ।

अक्टोबर ४ सम्म सञ्चालन हुने प्रतियोगितामा ४३ खेलका ७१ विधामा कुल ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ भने विभिन्न खेलका १ हजार ४०७ पदक वितरण गरिनेछ ।