काठमाडौं, भदौ २७ – बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जनाका कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको ओमसतिया-५ का ४० वर्षीय पुरुषको भेन्टिलेटरमा राखी उपचार भइरहँदा श्वासप्रश्वासमा समस्या भएपछि राति साढे १२ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले बताए ।
गत भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा आई पीसीआर परीक्षण गर्दा पोजिटिभ भेटिएका उनलाई १६ गते कोरोना अस्पतालमा सारिएकामा २४ गतेबाट थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गरिएको डा. थापाले बताए । मृतक मधुमेहका बिरामी थिए ।
FACEBOOK COMMENTS