काठमाडौं । कोशी नदीमा पानीको सतह बढेको छ । हाल कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड २ लाख ७० हजार ७४० क्युसेक पुगेको छ ।
आज साँझ ६:१५ बजेसम्मको अपडेट अनुसार कोशी ब्यारेजका ५६ मध्ये ३६ ढोका खोलिएको छ ।
सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।