काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन तीन प्रमुख दलका शीर्ष नेताहरूलाई निम्ता दिएको छ।
कांग्रेसले प्रमुख सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पमकल दाहाल ’प्रचण्ड’लाई निम्ता दिएको हो।
तीनै नेताहरूलाई कांग्रेस सहमहामन्त्री उदयशम्शेर राणाले प्रत्यक्ष रूपमा भेट गरेरै निमन्त्रणा प्रदान गरेका हुन्। कांग्रेसले असोज १६ गतेदेखि १५ औं महाधिवेशन गर्दै छ।
महाधिवेशन काठमाडौंको खुलामञ्चमा हुँदैछ। उद्घाटन समारोहमा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई सहभागी हुन सहमहामन्त्री राणाले आग्रह गरेका छन्।