काठमाडौं । पर्वतमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेका छन् ।
प्रहरीका अनुसार जलजला गाउँपालिका–८ स्थित फर्सेमा ११ गते बिहान करिब ८ बजे कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेका हुन् ।
बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेको तथा अन्य घरहरू जोखिममा रहेका छन् । मानवीय क्षति भने नभएको र बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन । उक्त स्थान प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्दछ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।
कालीगण्डकीले पोखरेबगरको पुल बगायो
