काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन शुक्रबार २ लाख ९८ हजार ६ सय रुपैयाँ प्रतितोला किनबेच भएको सुनको मूल्य आइतबार ७ सय रुपैयाँले बढेको हो ।
आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ५५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार प्रतितोला ४ हजार ६२० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ३५ रुपैयाँले बढेको हो ।