काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पदमुक्त भएका छन् ।
अघिल्लो सरकारका पालामा भएका सबै राजनीतिक नियुक्ति बदर गर्ने सरकारको निर्णयसँगै भुसाल आईतबारबाट पदमुक्त भएका हुन् ।
उनले आजै पत्र बुझेर पत्रकार सम्मेलन गरी आफ्नो कार्यकालमा भएका कामबारे जानकारी दिने भएका छन् ।
नेपाली कांग्रेस निकट भुसाल गत वर्ष कात्तिक ६ गते प्राधिकरणको सीईओ नियुक्त भएका थिए । उनले आफ्नो कार्यकाल सफल र सन्तोषजनक भएको बताएका थिए ।
FACEBOOK COMMENTS