दुर्गा प्रसाईलाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश
कर्पोरट खबर
4:56 pm, बुधबार, असोज १४, २०८३
- अभियन्ता दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण ४८ घण्टाभित्र पेस गर्न सर्वोच्च अदालतले नेपाल प्रहरीको साइबर ब्युरोलाई आदेश दिएको छ।
- न्यायाधीश हरि फुयालको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो, र प्रसाई असोज १२ गते पक्राउ परेका छन्।
काठमाडौं । अभियन्ता दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश गरेको छ।
न्यायाधीश हरि फुयालको इजलासले प्रसाईलाई पक्राउको कारण ४८ घण्टाभित्र पेस गर्न नेपाल प्रहरीको साइबर ब्युरोको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
पछिल्लो पटक प्रसाई असोज १२ गते पक्राउ परेका छन्।