काठमाडौं, भदौ २८– भारतका गृहमन्त्री अमित शाह पुनः अस्पताल भर्ना भएका छन् ।
कोभिड १९ संक्रमणमुक्त भएका शाहलाई श्वासप्रश्वासमा समस्या देखिएपछि शनिवार राती नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको भारतीय संचार माध्यमले जनाएका छन् ।
चिकित्सकहरुले गृहमन्त्री शाहलाई केही समय अस्पतालमै राख्नुपर्ने सुझाव दिएका छन्। चिकित्सकहरुको निगरानीमै उनको उपचार चल्नेछ।
शाह अगस्ट महिनामा कोरोना संक्रमित भएका थिए। मेदान्ता अस्पतालमा उपचारपछि दुई सातामा उनको रिपोर्ट नेगेटिभ आएको थियो।
केही दिनपछि शाहको स्वास्थ्यमा पुन: समस्या देखिएपछि एम्समा भर्ना भएका उनलाई १२ दिन पछि डिस्चार्ज गरियो ।
त्यसपछि फेरि अहिले उनको स्वास्थ्यमा समस्या देखिएपछि एम्समै भर्ना गरिएको बताइएको छ ।
FACEBOOK COMMENTS